Section 31
काम कारबाही रोक्न आदेश दिन सक्ने
: कसैले यस ऐन विपरीत गर्न लागेको कुनै काम कारबाही तत्काल नरोकिएमा बजारमा कुनै वस्तु वा सेवाको आपूर्ति वा वितरणमा तत्काल गम्भीर प्रतिकूल अवस्था सृजना हुन सक्छ भन्ने कुरा बजार संरक्षण अधिकृत वा बोर्डबाट अदालतलाई जानकारी हुन आएमा र सो कुरामा अदालत विश्वस्त भएमा अदालतले सो काम कारबाही तत्काल रोक्न आदेश दिन सक्नेछ ।